काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरू मध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
बैंकले जेष्ठ २६ गतेदेखि उक्त शाखालाई दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गमा दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो । उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरू तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजार भन्दा बढी पीओएस र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।