aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

भोईथको UHEEM अर्थमुभर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
भोईथको UHEEM अर्थमुभर सार्वजनिक
LBEF

काठमाडौं । विश्वको ख्याति प्राप्त ब्राण्ड टोयोटा गाडी विक्रि गर्दै आएको भोईथ युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स नामक अर्थमुभर कम्पनी  सार्वजनिक गरेको छ । नेपालका लागि टोयोटाको आधिकारीक विक्रेता उद्योग भोईथ अन्र्तगतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (UHEEM) सार्वजनिक गरेको हो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यातनिर्माण कम्पनीहरु जस्तै सन्वार्ड , सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरु :एक्सकाभेटर , ग्रेडर र ब्रेकर आयात गर्दै आएको भोईथले जनाएको छ । 

(UHEEM) ले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई , कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । 

क्याटरपिल्लर , कोमात्सु , कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको UHEEM ले निर्माण उपकरणहरुको गुणस्तर , प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता नगरेको कम्पनीले दावी गरेको छ । ए क्लास, बी क्लास कन्ट्र्याक्टर , विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको कम्पनीले जनाएको छ । 

UHEEM धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस , पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।


 

प्रतिक्रिया दिनुहोस