शीर्षकहरू

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भई फरार रहेका थिए । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।