काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अनुमति पाएसँगै कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।