शीर्षकहरू

हुवावे नेपाल : नेक्स्ट–जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधार मार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

हुवावे नेपाल : नेक्स्ट–जेन ईभी चार्जिङ टेक्नोलोजी र पूर्वाधार मार्फत ग्रीन मोबिलिटीमा प्रतिबद्धता

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा, हुवावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ । गाडी चार्ज कम्पनी र नेपाल एकरात इन्जिनियरिङ कम्पनीसँगको सहकार्यमा, हुवावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरेकाे हाे । 

योसँगै हुवावेले सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पु¥याउने लक्ष्य लिएको छ । जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने कम्पनीले विश्वास लिएको छ । 

बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको ईभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा रहेको  हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उदघाटन गरे । हुवावेले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ वटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

फ्युजन चार्ज, हुवावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभि चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स र ऊर्जा भण्डारण प्रणालीलाई एकीकृत गर्दै विद्युत ग्रिड–मैत्री, हाई–एपिÞmसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिने हुवावेको दाबी छ । 

लिक्वीड कुलिड मोड्युलर आर्किटेक्चर र बहु–स्तरीय पावर पूलिंगको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा–फास्ट चार्जिङलाई सपोर्ट गर्छ । जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन  चार्जिङ समाधान सुनिश्चित गर्ने कम्पनीले जनाएको । 

फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरु का लागि चार्जिङ्ग सपोर्ट गर्दछ ।  यसले पावर एपिसिएन्सि ८०% सम्म बढाई लिक्वीड कुलिड डिजाइन मार्फत अत्यधिक तापक्रम (–३५ डिग्री देखि ४५ डिग्रीसम्म) मा पनि सुरक्षित, अल्ट्रा–फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्छ । 

मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ । यसको शान्त अपरेशन (५० मद्य मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । 

फ्युजन चार्जमा लिक्वीड कुलिड, मल्टि लेभल पावर पुलिङ्ग र ईएसएसका लागि डिसि बस इण्टेग्रसनको सुविधा दिईएको छ । यसले सोलार र ब्याट्री स्टोरेज प्रणालीहरू लाइ एकीकृत गरी सहज, ग्रीड–मैत्री चार्जिङ्ग सेवा प्रदान गर्दछ । यसले प्रतिक्रियाशील पावर नियन्त्रण ओटिए अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउछ । यो भिपिपि–तयार पनि छ । जसको अर्थ यसले पिक–शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्छ । यी सुविधाहरूले फ्युजन चार्ज प्लेटफर्म भविष्यको लागि तयार छ भनी सुनिश्चित गर्दछ । जसले यसलाई आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च–माग भएका सार्वजनिक स्टेशनहरूसम्म, विविध वातावरणमा समेत प्रयोग गर्न सक्षम बनाउँछ । 

हुवावे सन् १९८७ देखि १७० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको एक विश्वव्यापी कम्पनी हो । सन् १९९९ मा नेपालमा स्थापित भएको हुवावे नेपालले डिजिटल क्षेत्रमा शसक्त रुपमा काम गर्दै आएको छ । 

हुवावेले “सीड्स फर द फ्युचर” जस्ता ऐतिहासिक कार्यक्रमहरू मार्फत डिजिटल समावेशीकरण, रोजगारी सिर्जना, नवीकरणीय ऊर्जा र शिक्षामा योगदान पु¥याउँदै आएको छ ।