काठमाडौैं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिका लागि राय तथा सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय सुझाव पठाउन आह्वान गरेको हो ।
यदि कसैले राय तथा सुझाव दिन चाहेमा असार १० गतेभित्र राष्ट्र बैंकको अनुसन्धान विभागमा उपलब्ध गराउन सकिने छ । जसका लागि [email protected] ईमेलमा सुझाव पठाउन सकिने छ ।
आगामी आवको मौद्रिक नीति राष्ट्र बैंकले साउन महिनामा सार्वजनिक गर्नेछ ।