मेरो माइक्रोफाइनान्स र इन्फो डेभलोपर्स प्रालिबीच सम्झौता - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

मेरो माइक्रोफाइनान्स र इन्फो डेभलोपर्स प्रालिबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
Sunrise bank
मेरो माइक्रोफाइनान्स र इन्फो डेभलोपर्स प्रालिबीच सम्झौता
LBEF

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले इन्फो डेभलोपर्स प्रालिसँग ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस  सेवा सम्झौता गरेको छ । सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।
 
फाइनान्सको ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस  सेवाले ग्राहकलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकलाई समय सापेक्ष डिजिटलमाध्यममार्फत नवीनतम् सेवा उपलब्ध गराउन उक्त सम्झौताले फाइदा पुर्याउने बताउनुभयो । 
उक्त एसएमएस  सेवा लघुवित्तको क्षेत्रमा नौलौ प्रयोगमा रहेको र ग्राहकले आफ्नो घरमा नै बसि मोबाइलमार्फत बचत, कर्जाको स्थितिको जानकारी तथा विभिन्न सेवा प्राप्त गर्न सकिने समेत बताउनु भयो ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी  ५६ जिल्लामा ११० शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस