शीर्षकहरू

भारतको मणिपुर प्रदर्शन हिंसात्मक बन्दै

भारतको मणिपुर प्रदर्शन हिंसात्मक बन्दै

एजेन्सी । भारतको मणिपुरमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । आरम्बाइ संगठन टेंगोलेका नेता करण सिंहलाई २०२३ मा हिंसा भड्काएको आरोपमा आइतबार त्यहाको सीबीआईले पक्राउ गरेपछि प्रदर्शन भएको थियो। यसअघि उनको पक्राउको खबर फैलिएपछि शनिबार राति राज्यमा हिंसा भड्किएको थियो।

राजधानी इम्फालका धेरै क्षेत्रमा प्रदर्शनकारीहरूले सवारी साधनमा आगजनी भएको छ । भने सडकमा टायर र पुराना फर्निचर पनि जलाएका छन्। प्रदर्शनकारीहरूले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास पनि गरेका छन। 

स्थिति नियन्त्रण गर्न मणिपुर सरकारले जुन ७ रातिदेखि ५ दिनका लागि ५ जिल्लामा इन्टरनेट र मोबाइल डाटा सेवा बन्द गरेको छ। यसमा इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, काक्चिङ र विष्णुपुर समावेश छन्। इम्फाल पूर्व र विष्णुपुरमा पनि राति १० बजेदेखि कर्फ्यू लगाइएको छ।


मेइतेई नेताको रिहाइको माग गर्दै प्रदर्शनकारीहरूले इम्फालको क्वाकेथेल र उरिपोकमा सडकको बीचमा टायर र पुराना फर्निचर जलाए। विमानस्थल पनि घेराबन्दी गरिएको थियो। इम्फालका विभिन्न क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो। केही प्रदर्शनकारीहरूले आफैंमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरे।

इम्फाल पश्चिम जिल्लाको खुराई लामलोङमा आक्रोशित भीडले बसमा पनि आगजनी गरेको थियो। क्वाकेथेलमा धेरै गोली चलेको सुनिएको  भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । तर गोली कसले चलाएको हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। तीन जना घाइते भएको जानकारी पनि आएको छ।