शीर्षकहरू

पर्यटक आगमनमा नयाँ रेकर्ड, एकै महिना भित्रिए करिब २ लाख जना

पर्यटक आगमनमा नयाँ रेकर्ड, एकै महिना भित्रिए करिब २ लाख जना

काठमाडौं । नेपालमा पर्यटन आगमनले नर्याँ रेकर्ड राखेको छ । सन् २०२५ को मे महिनामा हालसम्मकै धेरै पर्यटक नेपाल भित्रिएका हुन । 

अध्यागमन विभागका अनुसार मे महिनामामा मात्रै १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या नेपालमा एकै महिनामा भित्रने पर्यटकको हालसम्मकै उच्च संख्या हो । यस अघि अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका थिए । 

मे महिनामा १ लाख २८ हजार ९२६ पुरुष पर्यटक र ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएका थिए । सोही अवधिमा नेपालबाट २ लाख ५० हजार ७३६ जना विभिन्न देशमा गएको पनि तथ्यांकले देखाएको छ ।

सन् २०२५ को जनावरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८० जना र मार्चमा १ लाख २१ हजार ६८७ जना पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार २०१९ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आएका थिए । सो वर्ष ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएका थिए । सो वर्षको अक्टोबरमा सबैभन्दा धेरै १ लाख ३४ हजार पर्यटक आएका थिए भने मे महिनामा ७८ हजार ३२९ मात्रै पर्यटक आएका थिए ।