शीर्षकहरू

नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन

नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजलाश संचालनमा ल्याएको छ । बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज जेठ २२ गतेदेखि इजलाश संचालनमा ल्याएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

अध्यक्ष ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।