शेयर बजारको उकालो, कति दिनसम्म टिक्ला ? - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

शेयर बजारको उकालो, कति दिनसम्म टिक्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
Sunrise bank
शेयर बजारको उकालो, कति दिनसम्म टिक्ला ?
LBEF

काठमाडौ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार दुई सातादेखि उकालो लाग्दै आएको छ । दुई सातामा नेप्से करिव ६० अंकले बृद्धि भएको छ । दुई साताअघि ११२० अंकको हाराहारीमा रहेको नेप्से अहिले ११७० अंक माथि पुगेको छ ।

शेयर बजार उकालो लाग्नुलाई लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका छन् । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश बाँडने घोषणा गरेकाले पनि शेयर बजार उकालो लाग्न पुगेको हो । केही लघुवित्त र बिमा कम्पनीले लाभांश घोषणा गर्ने तयारी गरिरहेकाले पनि शेयर बजार बढ्न पुगेको स्टक ब्रोकरहरु बताउँछन् ।

धेरैजसो कम्पनीले पुस मसान्त भित्र साधारणसभा गर्दै छन् । ती कम्पनीको लाभांश बुक गर्नका लागि लगानीकर्ताले शेयर खरिद गर्न थालेकाले पनि बजार बढन पुगेको बिज्ञहरुको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । पुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने व्यवस्थाले पनि नेप्सेमा सूचीकृत कम्पनीलाई अहिले लाभांश घोषणा गर्न र वार्षिक साधारणसभा गरिसक्नु पर्ने बध्यता छ ।

पछिल्लो समय नेप्से बढनुलाई  पनि यही कारणका रुपमा लिइएको छ । जेहोस, शेयर बजारमा सुधारको संकेत देखिएको छ । शेयर बजार निरन्तर ओरालो लाग्दा निराश बनेका लगानीकर्तामा बजार उकालो लाग्ने संकेत देखिएसँगै खुशी छाएको छ । 

लगानीकर्ताको खुम्चिएको मुहार पनि फेरिएको छ । गत साता ब्रोकरको कार्यालयमा पुग्दा हसिलो अनुहारमा लगानीकर्ता देखिएका थिए । बजार उकालो लाग्दै गएपछि लगानीकर्ताको चहल पहल बढने र ओरालो लाग्दा ब्रोकरका कार्यालय पनि सुनसान हुने गर्दछन् । 

गत साताभरी बजार बढन पुगेका कारण ब्रोकरको कार्यालयमा लगानीकर्ताको भिडभाड देखिन्थ्यो । ढिलै भएपनि नेप्से सुधारको क्रममा छ । लगानीकर्तामा शेयर बजारमा आएको सुधारले खुशीयाली छाएको छ । तर, यो खुशीयाली कति दिनसम्म टिक्ने हो त्यो भने भनिहाल्न सक्ने अवस्था छैन ।

शेयर बजारमा अफसिजन सुरु हुन लागेको छ । त्यसले कति प्रभाव पार्ने हो त्यो भने हेर्न बाँकी छ । ब्रोकरहरुले शेयर धितोमा राखेर ऋण दिन सुरु गरेका छन् ।  सहज रुपमा कर्जा पाइने भएकाले पनि शेयर बजारमा बृद्धि देखिएको ब्रोकरको भनाइ छ । यसका साथै, बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा बढेको छ । त्यसले पनि शेयर बजार बढेको हो भन्नेहरु पनि छन् ।

कतिपय लगानीकर्ताले शेयर बजारको यो खुशीयालीको क्षण अझै लामो समय रहने अनुमान गरेका छन् । केहीले भने नेप्सेको यो उकालो धेरै दिन टिक्न नसक्ने अनुमान गरेका छन् । पुसमसान्तमा फेरी बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको ब्याज बुझाउनु पर्ने अवस्थाले पनि नेप्से उकालो लागि रहने अवस्था नभएको उनीहरुको तर्क छ । शेयर बजारमा तर्क  र अनुमानले खासै काम गर्दैन् भनिन्छ । यही तर्क र वित्तर्ककाबीच दुई सातादेखि उकालो लागेको शेयर बजार मापक नेप्से बढेर ११७२ अंक माथि पुगेको छ  । 

प्रतिक्रिया दिनुहोस