शीर्षकहरू

वैदेशिक रोजगार बीमा: प्रभु महालक्ष्मीको व्यापार २ लाख प्रतिशतले बढ्यो, ७ कम्पनीकाे घट्याे

वैदेशिक रोजगार बीमा: प्रभु महालक्ष्मीको व्यापार २ लाख प्रतिशतले बढ्यो, ७ कम्पनीकाे घट्याे

​​​​​काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा पोर्टफोलियोको व्यवसाय वैशाख महिनामा सामान्य घटेको छ । यस अन्तर्गतको व्यवसाय वैशाख महिनामा ०.६० प्रतिशतले घटेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

२०८१ वैशाखमा वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसि बिक्री गरेर जीवन कम्पनीहरूले २९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । २०८२ वैशाखमा २९ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ । 

प्राधिकरणले गत साउन महिनादेखि वैदेशिक रोजगार बीमामा पुल प्रणाली लागु गरेको छ । अर्थत् सबै कम्पनीले संकलन गरेको रकम एउटा वास्केटमा राख्ने र पुल सदस्य कम्पनीलाई सो रकम व्यवसायको आधारमा र समानताको आधारमा भाग गर्ने नीति प्राधिकरणले ल्यायो ।  यसले गर्दा धेरै व्यवसाय गर्ने कम्पनीहरुको भाग कटिने र थोरै व्यवसाय गर्ने कम्पनीहरुको भाग बढ्ने हुन्छ । त्यसकारण केही कम्पनीहरुले आफ्नो व्यवसाय नै घटाउन थालेका थिए भने केहीले व्यपार झन बढाउन थालेका थिए ।

कुन कम्पनीको व्यापार घट्यो/बढ्यो ?

पुल प्रणाली लागु भएपछि वैदेशिक रोजगार म्यादी जीवन बीमामा धेरै हलचल भएको छ । गत वर्ष एक-दुई वटा मात्रै पोलिसि बिक्री गर्ने कम्पनीले अहिले आक्रामक व्यापार गर्न थालेका छन भने गत वर्ष सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीहरूले व्यापार नै गर्न छाडेका छन् । 

२०८१ वैशाखमा ३० हजार रुपैयाँको व्यापार गरेको प्रभु महालक्ष्मी लाइफले २०८२ को वैशाखमा ६ करोड २ लाख ६१ हजार रुपैयाँको व्यापार गरेको छ । अर्थात् प्रभु महालक्ष्मीको व्यापार वैशाख महिनामा २ लाख प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । 

त्यसैगरी, गत वर्षहरूमा सबैभन्दा धेरै व्यापार गर्दै आएको सन् नेपाल लाइफ इन्स्योरेन्सको व्यापार ९९ प्रतिशतले घटेको छ । २०८१ वैशाख महिनामा ७ करोड ७८ लाख रुपैयाँको व्यापार गरेको सनले २०८२ को वैशाखमा ६ लाख ८७ हजार रुपैयाँको मात्रै व्यापार गरेको छ । 

उसो त सन नेपाल वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायबाट बाहिरी सकेको छ । यस कम्पनीले वैशाखदेखि नै यस पोर्टफोलियोकाे व्यापार गर्न छोडिसकेको हो ।

२०८२ वैशाखमा ७ वटा कम्पनीको व्यापार घटेको छ भने ३ वटाको बढेको छ । यस फोर्टफोलियोमा चालु आर्थिक वर्षमा ४ कम्पनी थपिएका छन् । हिमालय लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षदेखि वैदेशिक रोजगार बीमा पोलिसि बिक्री गर्न थालेका हुन् । 

हेरौँ कम्पनीको अवस्था : 

null