aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

काठमाडौँ महानगरलाई सडक मानवमुक्त घोषणा गरिँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २९ मंसिर २०७६
काठमाडौँ महानगरलाई सडक मानवमुक्त घोषणा गरिँदै
LBEF

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त घोषणा गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औँ महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको बताए । महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६/२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

“गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,” नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले गरेकि थिइन्, “मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । ” यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १२ गते भक्तपुरमा मानव सेवा आश्रमको उद्घाटन गर्दै सडक मानवमुक्त गर्न केही दिऊँ पाऊँ भन्नेको कमी नरहेको सुनाएका थिए ।

“समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो राष्ट्रिय आकाङ्क्षा जे छ त्यस काममा विभिन्न ढङ्गले समर्पित छ, त्यो यहाँ (आश्रममा) देखिएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो तपाईंहरूले अभियान चलाउनुभएको छ, राज्यबाट सञ्चान गरियो भने यसरी जान सक्दैन । ”

आफूले समृद्ध नेपालको कुरा गर्दा विकास र समृद्धिको मात्र कुरा नगरेको भन्दै उनले समृद्धि भए पनि सभ्यता भएन भने समाज असुरक्षित हुने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस