काठमाडौं । सरकारले शिक्षित युवालाई बिना धितो २० लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षित युवालाई २ देखि २० लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएका हुन् ।
शिक्षित युवालाई उद्यम तथा व्यवसायी बनाउने उद्देश्यले ल्याइएको सहुलियतपूर्ण कर्जामा ३ प्रतिशत ब्याज लाग्नेछ । शैक्षिक प्रमाणपत्रका आधारमा यस्तो कर्जा पाइने छ ।