शीर्षकहरू

सहकारीको कर्जा अपचलन गर्नेको सम्पति र पासपोर्ट रोक्का गरिने

सहकारीको कर्जा अपचलन गर्नेको सम्पति र पासपोर्ट रोक्का गरिने

काठमाडौं । सहकारी संस्थामा राखिएको ५ लाख रुपैयाँसम्मको रकमको सुरक्षण गरिने भएको छ । बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ५ लाख रुपैयाँसम्मको बचतको निक्षेप तथा कर्जा सुरक्षणले सुरक्षण गर्नेछ । 

कर्जाको अपचलन गर्ने सञ्चालक वा व्यक्तिको सम्पति लिलामी गरी  चक्रिय कोष स्थापना गरिनेछ । चक्रिय कोषको लागि विउ पुँजी उपलब्ध गराइने छ । समस्याग्रस्त सहकारीका सञ्चालक, कर्जाको अपचलन गर्ने सञ्चालक र व्यक्तिको सम्पति र पासपोर्ट रोक्का राखिने छ ।

सरकारले पूर्व अर्थ सचिवसमेत रहेका रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनको लागि सरकारले तयारी पारेको आर्थिक सुधार कार्यान्वयन कार्य योजनामा पनि कर्जा अपचलन गर्नेको सम्पति र पासपोर्ट रोक्का गरिने जनाएको थियो ।