काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका २८ औं वार्षिक साधारण सभा आज आइतबार सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सलिको) को व्यवसाय लगायतका अन्य काम कारवाही बारेमा न्यायधीशहरुलाई विस्तृत रुपमा जानकारी गराए ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ४.७९ अर्ब बीमा शुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९/८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आ. व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको अध्यक्ष मुलले बताए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आव २०८१/०८२ को लागि लेखापरीक्षणको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयर धनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तर दायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरू पारित गरेको छ ।