शीर्षकहरू

एशियन लाइफलाई १ अर्ब ४३ करोड बराबरको हकप्रद बिक्री गर्न बोर्डको अनुमति

एशियन लाइफलाई १ अर्ब ४३ करोड बराबरको हकप्रद बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले १:०.४२ को अनुपातमा हकप्रद बिक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख २६ गते शुक्रबार कम्पनीलाई हकप्रद बिक्रीको अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो । बोर्डबाट अनुमति पाउसँगै अब कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर बिक्री गर्ने छ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ कायम गर्न दिएको निर्देशन अनुरुप कम्पनीले हकप्रद बिक्रीको अनुमति मागेको थियो ।

हकप्रद शेयर बिक्रीका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक चयन गरेको छ ।