शीर्षकहरू

राप्ती हाइड्रोलाई ६१ करोडको हकप्रद शेयर बिक्रीका लागि बोर्डको स्वीकृति

राप्ती हाइड्रोलाई ६१ करोडको हकप्रद शेयर बिक्रीका लागि बोर्डको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको छ । बिहीबार कम्पनीलाई एक बराबर एकको अनुपातामा हकप्रद शेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ । जसको  १ः१ को अनुपातमा हुनेगरी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाा बराबरको हकप्रद शेयर बिक्री गर्ने स्वीकृति पाएको हो ।

कम्पनीले हकप्रद शेयर जारी गर्न यसअघि नै मुक्तिनाथ क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।