शीर्षकहरू

डा रमेश पौडेल त्रिविको विद्यावारिधि संयोजकमा नियुक्त

डा रमेश पौडेल त्रिविको विद्यावारिधि संयोजकमा नियुक्त

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत कार्यक्रमको आयोजना गरियो । सोही अवसरमा उक्त केन्द्रीय विभागको दर्शनाचार्य एवम् विद्यावारिधि कार्यक्रमका लागि सह प्राध्यापक डा रमेश पौडेललाई संयोजकका रूपमा स्वागत गरिएको थियो । 

 कार्यक्रममा प्रमुख अतिथि र वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा यस विभागका संस्थापक प्रमुख प्राडा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका  प्रष्ट पारेका थिए । 

यो विषय किन देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्त्वपूर्ण छ भन्ने कुरा प्रस्ट पार्नु हुँदै गुणस्तरीयअध्यापनमा जोड दिए।  विभागीय प्रमुख अपेक्षा शाहले पनि विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने बिबिध जानकारीका साथ डाक्टर पौडेललाई स्वागत गरेका थिए। 

डा रमेश पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे भने अनुसन्धानत्मक अध्ययनका लागि कसरी अगाडि बढ्न सकिन्छ र यसको महत्व के हो भन्ने बारेमा प्रष्ट पारे । कार्यक्रम विभागीय प्रमुखको अध्यक्षतामा सोही विभागका पूर्व विद्यार्थी एवम् सहायक प्राध्यापक विनिता नेपालीले सञ्चालन गरेका थिइन।