काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध प्रश्न उठाउँदै सर्वोच्चमा रिट पुगेको छ । यद्यपि उक्त रिट आज समय अभावको कारण दर्ता नभएको बताइएको छ । अधिवक्ता नवीन धिताल निर्वतमान गभर्नरसमेत रहेको अधिकारी सिफारिस समितिमा बस्न नमिल्ने जिकिरसहित सर्वोच्चमा पुगेका हुन् ।
सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो । गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा अधिकारी बस्न नमिल्ने रिट निवेदकको दाबी छ । पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको थियो ।