बैंकले कसरी धेरै कमाए, आखिर जाने उनै शेयरधनी कहाँ होइन ? - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

बैंकले कसरी धेरै कमाए, आखिर जाने उनै शेयरधनी कहाँ होइन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
Sunrise bank
बैंकले कसरी धेरै कमाए, आखिर जाने उनै शेयरधनी कहाँ होइन ?
LBEF

बैंकिङ क्षेत्र सधैं चर्चाको केन्द्रमा रहन्छ । कहिले तरलता, कहिले ब्याजदर कहिले वित्तीय अपराधलगायतका कारण यो क्षेत्र कहीँकतै जोडिएकै हुन्छ । लगानीकर्तालाई मुनाफा, कर्मचारीलाई आकर्षक सेवा सुविधा आदि कारणले पनि यो क्षेत्रको चर्चा हुन्छ ।

मुलुकको सिंगो अर्थतन्त्रको मेरुदण्डका रुपमा रहने बैंकिङ क्षेत्रमा देखिएको पछिल्लो स्थिति, सम्भावना, चुनौतीलगायत समसामयिक विषयमा आर्थिकन्युज डटकमले सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमसँग गरेको कुराकानी :

 

राष्ट्र बैंकले मर्जरमा जानका निम्ति बैंकहरुलाई दबाब दिइरहेको अवस्थामा यहाँलाई बैंकिङ क्षेत्रका सामु कस्ता अवसर र चुनौती छन् जस्तो लाग्छ ?

बैंकको व्यापारका कोणबाट हेर्ने हो भने पहिलेजस्तो समस्या थियो अहिले पनि त्यही नै हो । पछिल्लो मौद्रिक नीति आएयता केही चुनौती थपिएका छन् । जस्तो प्रत्येक बैंकले रेटिङ गर्नैपर्ने कुरा छ । हुन त त्यो ठूलो कुरा होइन तर पनि नयाँ काम आयो । डिवेन्चर निष्कासन गर्नैपर्ने अर्को कुरा छ । यो समस्या त होइन तर मानौ सबै बैंकले एकैपटक निष्कासित गर्यो भने त चुनौती बन्ने भो नि । 
तरलता अभाव छँदैछ । खुलेर लगानी गर्न सक्ने अवस्था छैन । अहिले पछिल्लो अवस्थामा बैंकमा काम गर्ने तल्लो तहका कर्मचारीको तानातान चाहिँं केही बढेको छ । यसले गर्दा कम अनुभवी मान्छेले ठूलो जिम्मेवारी पाउने अवस्था आउने सम्भावना छ । किनकी एक बैंकबाट अर्कोमा जाँदा एक तह बढुवा दिने प्रचलन बढेको छ । यसले ‘रिक्स’ बढाएको छ ।

बैंकलाई लगानी गर्ने पैसा छैन, बाहिर बजारमा आर्थिक क्रियाकलाप भएन मन्दी छ भन्ने कुरा छ, के यो वास्तवमै मन्दीको लक्षण हो ?
धेरै कुरा मानसिकताको हो । लौ बजार घट्ने भो भन्ने हल्ला चल्यो भने सबैले शेयर बेच्छन् । अन्ततः शेयर बजार घट्छ । कतिपय बाहिरी मुलुकको आर्थिक अवस्थाको कुराले पनि मानिस मा लगानीको हिम्मत आउँदैन । तर, यो एक चक्र हो । आउँछ, जान्छ, घट्छ, फेरि बढ्छ भन्ने बुझ्नुपर्छ ।

भारतमा आर्थिकमन्दी आयो भने त्यसको असर नेपाललाई कस्तो पर्छ ?

त्यो पनि मानसिकताको कुरा हो । प्रत्यक्ष असर धेरै पर्दैन, हाम्रो मुद्राको विनिमय दरको स्थिरता, खुल्ला सिमाना, हाम्रो व्यापारको सबैभन्दा ठूलो हिस्सेदार मुलुक भएको कारण अनपेक्षित असर पनि देखिन सक्छ । 

हामी मर्जको लागि खुल्ला छौं । तर, त्यो प्राकृतिक ढंगले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले ‘फोर्स मर्ज’ चाहिँं ठिक हुन्छजस्तो लाग्दैन । बैंकको मर्ज भनेको खाता मर्जमात्रै होइन मान्छे पनि मर्ज गर्ने कुरा हो । मर्ज गर्ने समस्या समाधानका लागि हो । त्यसैले पहिला समस्या के के हुन्, त्यो सूची तयार गरेर यसरी मर्ज गर्दा यी समस्या यसरी समाधान हुन्छन् भन्ने निश्चित गर्नुपर्यो । 


बाणिज्य बैंकले ब्याजदरमा सिन्डिकेट लगाए भन्ने आरोप छ, यो विषय बजारलाई नै छोड्दा हुँदैन ?

हुन्छ, यो कुरा बजारलाई नै निर्धारण गर्न छोड्दा हुन्छ । तर, अहिले पनि पूर्ण कार्टेलिङ छैन । यो बैंकको मात्र हातमा छैन । त्यसैले सबै बैंकको फरक–फरक पनि त छ ।

बैंकर्स एसोसिएसनले यो विषयमा एकरुपता ल्याउन काम गरेको देखिन्छ नि ?

त्यो भएको छैन, म त भन्छु सम्भव पनि छैन । माग र आपूर्तिबीच सन्तुलन मिलाउन केही सैद्धान्तिक सहमति बैंकहरुले गर्नु आपत्तिको कुरा पनि होइन । के बुझ्नु पर्यो भने ऋणि डुबेर बैंक फस्टाउँदैन । यो कुरा बैंकरहरुलाई थाहा छ ।
 

तपाईं त्यसो भन्नुहुन्छ, उता व्यापारीहरु हामीबाट महँगो ब्याज लिएर बैंकले धेरै कमाए भन्छन् त ?

त्यो भनाइ तर्कपूर्ण छैन किनकी यहाँ १५–१६ अर्ब चुक्ता पुँजी भएका बैंकले ३–४ अर्ब कमाएका हुन् । त्यो कसरी धेरै भो ? फेरि त्यो कमाएको जान्छ कहाँ ? आखिर जाने उनै शेयरधनीमा होइन ? यसमा किन टाउको दुख्छ, म बुझ्दिन ।
 

ब्याजको आधारदरमा पनि तलमाथि भइरहन्छ नि ?

त्यसको त सुत्र नै हुन्छ कति राख्ने भन्ने । त्यो राष्ट्र बैंकले दिएको सुत्र हो । खासमा भन्ने हो भने त्यो हाम्रो हातमा हुँदैन । हामीले सञ्चालक समितिको बैठक राखेर त्यो बढाउने र घटाउने गर्न सक्ने कुरै होइन । यदि हामीले दीर्घकालीन योजना बनाएर खर्च घटाउन सक्यौं भने त्यसको प्रभाव चाहिँं ‘बेस रेट’मा पर्छ ।

अहिले नेपालका सिमेन्ट, रड उद्योगहरु केही अप्ठ्यारोमा परेको देखिएको छ । यसले बैंकिङ क्षेत्रलाई कस्तो असर पार्ला ?


हामीले लगानी गर्दा लगानीको क्षेत्र मिलाएर गरेका हुन्छौं । त्यसो हुनाले केही निश्चित उद्योगमा कुनै समस्या आयो भन्दैमा आत्तिनुपर्ने हुँदैन । हामीलाई राष्ट्र बैंकले कुनै क्षेत्रमा कम्तिमा यति लगानी गर्नैपर्छ भनेको छ भने कतिपय क्षेत्रमा योभन्दा बढी लगानी नगर्नु पनि भएको छ । त्यसबाहेक बैंक आफैंले पनि लगानीको ‘पोर्टफोलियो म्यानेज’ गरेको हुन्छ ।

यहाँ बैंकले ‘प्रोजेक्ट वा स्किम बेस फाइनान्स’ नगरेर सधैं जुनमा पनि घर–जग्गा नै धितो राख्ने गरेकाले नेपालको ‘रियलस्टेट सेक्टर’ तताउन बैंकहरुको भूमिका रह्यो भनिन्छ नि ?


हामीले गर्ने लगानी पनि ‘प्रोजेक्ट बेस’ नै हो जस्तो कि मानौं जलविद्युत्मा गरेको लगानीको धितो भनेको त्यहाँ बनेको पावर हाउस, सो जग्गा, भवनदेखि प्रसारण लाइनलगायतको हार्डवेयर पूरै हो । मात्र कागजी योजनामा लगानी गर्ने कुरा पनि त भएन नि ।

व्यापारीले ऋण माग्न बैंकमा पेस गर्ने ‘ब्यालेन्स सिट’ र कर कार्यालयमा पेस गर्ने हिसाब खाता बेग्लै हुन्थ्यो अब चाहिँं त्यो पाइएन भन्ने कुराले व्यापारीलाई आपत्ति भएको भनिन्छ नि ?

मैले पहिले यस्तै हुन्थ्यो भन्न त मिलेन । तर, के अहिले चाहिँं सबै पारदर्शी भयो त ? छैन । अब बेरुजुको कुरा गर्ने हो भने त सरकारकै अर्बौ बेरुजु छ । समाजमा त्यस्ता मान्छे र त्यो प्रवृति हुन्छ । तर, सबै त्यस्ता मात्र छन् भन्नु पनि हुँदैन । यस्तो त मलाई लाग्छ युरोपमा पनि हुन्छ, गर्छन् ।

सरकारले यस्तो नीति र व्यवस्था मिलाउँदा त झन् बैंकहरुलाई नै सजिलो भएन र ? तपाईंहरु त झन्  उत्साहित हुनुपर्ने होइन ?

हामीलाई त्यस्तो अप्ठ्यारो केही पनि थिएन । बिगतमा पनि हाम्रो ऋण लगानी सबै डुबेको त थिएन । तर, राजस्वमा भने कमि हुन्थ्यो । त्यो चाहिँं हट्ने भो । यो बैंकको भन्दा पनि सरकारको कुरा हो । पहिलो बिन्दुमा नै पक्रेर काम सबै हेर्ने भन्ने कुरा हो । 

सुनलाई निक्षेपको रुपमा राख्ने विषय बजेटमा उल्लेख थियो । तर, अहिलेसम्म लागू भएन के यहाँको बैंकमा कोही व्यक्ति सुन निक्षेप राख्न आयो ?

त्यसको त कार्यविधि नै बनेको छैन । जबसम्म कार्यविधि बन्दैन तबसम्म केही हुने कुरै भएन । तर, कोही धितो राख्न आयो भने हामी कर्जा चाहिँ दिन्छौं ।

बैंक मर्जको चर्चा धेरै छ, के तपार्इंहरु पनि कुनैसँग संवादमा हुनुहुन्छ ?

हामी मर्जको लागि खुल्ला छौं । तर, त्यो प्राकृतिक ढंगले हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले ‘फोर्स मर्ज’ चाहिँं ठिक हुन्छजस्तो लाग्दैन । बैंकको मर्ज भनेको खाता मर्जमात्रै होइन मान्छे पनि मर्ज गर्ने कुरा हो । मर्ज गर्ने समस्या समाधानका लागि हो । त्यसैले पहिला समस्या के के हुन्, त्यो सूची तयार गरेर यसरी मर्ज गर्दा यी समस्या यसरी समाधान हुन्छन् भन्ने निश्चित गर्नुपर्यो । 

मेरो भनाइ पहिले रोग के हो त्यो निक्र्याैल गरांैं अनि उपचार खोजौं । त्यतिकै औषधि खानु भएन नि ।

यो अनुसन्धान चाहिँ कसले गर्ने हो, राष्ट्र बैंक, बैंकर्स एसोसिएसन वा बैंक स्वयम् ?

खुल्ला बजारको मान्यताअनुसार भन्ने हो भने आफैंले गर्ने हो । बाध्यकारी हिसाबले गर्ने हो भने सरकार वा भनांै राष्ट्र बैंकले गर्ने हो । सबै बैंकलाई मर्ज गर्न त कसैले रोकेको छैन । त्यो छुट त बैंक सञ्चालनमा आएदेखि नै सबै बैंकलाई छ ।  

लगभग यो फलानो बैंक त्यो फलानो बैंकमा मर्ज हुनुपर्यो भनेर नै दबाब आयो भन्ने हल्ला पनि चल्यो, के त्यस्तो हो ?

त्यो चाहिँं मलाई थाहा भएन । तर, ठूलो बैंकसँग सानो बैंक मर्ज गर्ने भन्ने कुरा चाहिँं चलेको हो । बाहिरी हल्ला त हामीले पनि कतिपय बैंकसँग कुरा गरेको भन्ने समाचार आए नि ।  फेरि पनि कुरा के हो भने हामी यो विषयमा खुल्ला छौं । भोलि राष्ट्र बैंकले आदेश नै दियो भने नमान्ने भन्ने कुरा आउंँदैन । तत्काल चाहिँं कुनै बैंकसँग हाम्रो कुराकानी भइरहेको छैन ।

साधारण सभाबाट पास गरेर मात्र छलफल थाल्ने हो ?

यो विषय हाम्रो एजेन्डामा नै छैन । अब नयाँ सञ्चालकहरु नियुक्त गर्ने हो आगामी साधारण सभाले त्यसपछि केही होला । हामीले मर्ज गर्ने भनेको ‘क’ श्रेणी ‘क’ कै बैंकबीच हुँदा कठिनाई धेरैछ । सबैका शाखा हुन्छन् । ती मिलाउनुपर्छ । गाह्रो चाहिँं छ । 

पछिल्ला दिनमा प्रविधि नै हाम्रो लागि चुनैती बन्दैछ, यो चुनौतीलाई बैंकहरुले कसरी हेरेका छन् ?

मलाई यो विषयमा अलि धेरै हौवाका रुपमा आयो भन्ने लाग्छ । सबै कसुर हाई टेकले सम्भव तुल्यायो भन्ने होइन । बालुवाटार काण्ड हाई टेकले गर्दा भएको होइन । अस्ती एक घटनामा पूर्वसीईओ नै पर्नु भो त्यहाँ पनि हाइटेक जोडिएको थिएन । तर, यी सबै घटना चुनौती त हुन् । त्यसैले हाइटेक आयो त्यसलाई हामीले हेन्डिल गर्न सकेनाैं भन्ने होइन ।  

सेञ्चुरी बैंकले अरु समकक्षी बैंकसँग प्रतिस्पर्धा गर्न सकेन भन्ने आम गुनासो छ । के यो कान्छो बाणिज्य बैंक भएर त्यस्तो भएको हो वा केही अरु नै कारण छ ?

बैंकिङ क्षेत्रमा नयाँ पुरानो भन्ने हुँदैन । रोपेपछि फाल लाग्न समय चाहिने भन्ने होइन । पहिले कतिपय अप्ठ्यारो थियो होला  । तर, अहिले खासै त्यस्तो केही छैन । 

के कुनै नयाँ स्किमको तयारीमा हुनुहुन्छ ?

कुनै ग्राहकलाई केही कोसेली दिने, चिया खुवाउने ती कुनै स्किम नै होइनन्  सामान्य कुरा हुन् । त्यसैले त्यस्तो स्किम भन्ने केही छैन । बैंकका प्रमुख तीनवटा काम हुन, पहिलो डिपोजिट कलेक्सन गर्ने, अर्को लोन दिने र तेस्रो पैसा एक ठाउंँबाट अर्को ठाउँमा पुर्याउने । 

कतिपय बैंक विदेशी पैसा ल्याउने पनि तयारीमा छन् । के सेञ्चुरी बैंक पनि त्यस्तो केही तयारीमा छ ?

छैन, त्यहाँ केही अप्ठ्याराहरु छन् । मुद्राको विनिमय दरको कुरा पहिलो समस्या हो । ‘हेजिङ’ गरियो भने पनि लगानी गर्न सहज होला वा नहोला त्यो पनि समस्या नै हो । सायद त्यहीँ भएर होला अहिलेसम्म कसैले ल्याएका छैनन् । 

बैंकहरुले आफ्ना ग्राहकको निःशुल्क बीमा गर्ने भन्दै प्रचार गरिरहेका छन् । उता बीमा समिति र बीमा कम्पनी बैंकले त्यस्तो गर्न हुँदैन भन्छन्, यसबारे के भन्नुहुन्छ ?

बैंकले जीवन त होइन निर्जीवन बीमा चाहिँं गर्नैपर्छ । यहाँ भएको के हो भने बैंकसँग बीमाको व्यापार छ । बीमा कम्पनीसँग पैसा छ । त्यसैले शुरुमा कतिपय चलखेल भयो । यति बिजनेस देउ, म पैसा राख्छु भने । तर, बैंक नै बीमाका एजेन्ट भएजस्तो काम चाहिँं नगर्नु भनेर त राष्ट्र बैंकले नै भनिसकेको छ । मलाई लाग्छ यो पछि खुल्ला हुन्छ ।

खाता खोल्ने बित्तिकै ग्राहकको बीमा हुने कुरा के सम्भव छ, कि यो झुट हो ?

झुट होइन, सम्भव भएर नै घोषणा गरिएका हुन् । तर, के बुझ्नुपर्छ भने त्यो निश्चित अवधिको लागि हो । मानौ, कुनै बैंकले निक्षेपकर्तालाई त्यस्तो अफर दिंँदैछ भने त्यो बीमाले  कति खर्च गराउँला भन्ने हिसाब गरेर नै गरेको हुन्छ । फेरि पनि भन्छु, झुक्काएको चाहिँं होइन ।

अन्त्यमा, आफ्ना ग्राहक र लगानीकर्तालाई केही भन्नैपर्ने छ कि ?

हामी अहिले राम्रो गर्दै छौं, त्यो निरन्तर रहन्छ । तपार्इंहरुको विश्वास जित्ने र लगानीकर्तालाई आकर्षक प्रतिफल दिन हामी सधंै प्रयत्नशील रहने छौं ।  
  
 

प्रतिक्रिया दिनुहोस