शीर्षकहरू

नेपाल राष्ट्र बैंकमा ११ सय ७८ जना कर्मचारी, १६ जना 'पीएचडी' होल्डर

नेपाल राष्ट्र बैंकमा ११ सय ७८ जना कर्मचारी, १६ जना 'पीएचडी' होल्डर

काठमाडौं । नेपाल राष्ट्र बैंकमा हाल १ हजार १७८ जना कर्मचारी कार्यरत रहेका छन् । राष्ट्र बैंकको प्रतिवेदन अनुसार प्रशासनतर्फ १ हजार १०४ जना र प्राविधिक तर्फ ७४ जना कर्मचारी रहेका छन् । 

जसमध्ये १६ जना कर्मचारीले पीएचडी उपाधि हासिल गरेको राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताए । सूचना अधिकारी न्यौपानेका अनुसार ३ जना कार्यकारी निर्देशक, ५ जना निर्देशक, ७ जना उपनिर्देशक र डेपुटी गभर्नर एक जनाले पीएचडी गरेका छन् । 

कुल कर्मचारीमध्ये अधिकृत स्तरका ६६४ जना, सहायक स्तरका ४५१ जना र श्रेणीविहीन कार्यालय सहयोगी स्तरका ६३ जना रहेका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि बैंकमा सहायक निर्देशक ३२ जना र सहायक ३५ जनासमेत गरी कुल ६७ जना कर्मचारी नियुक्ति भएका छन्। २०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म कुल २२ जना कर्मचारी बैंक सेवाबाट अलग भएकाे प्रतिवेदनमा उल्लेख छ ।