शीर्षकहरू

गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच : अमरेशकुमार

गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच : अमरेशकुमार

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारीहरु नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै पुग्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले महामन्त्री थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका हुन्। 

सर्वोच्चबाटै भ्रष्टाचारी प्रमाणित व्यक्तिहरु महामन्त्री थापाको बेडरुमसम्म पुग्ने गरेको आरोप लगाउँदै महामन्त्री थापाले आफ्नो आङको भैँसी नदेख्ने र अर्काको आङको जुम्रा देख्ने गरेको बताए । 

'कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो,’ 'डा. सिंहले भने,  'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्तिकाे पहुँच महामन्त्री थापाको बेडरुममा छ ।’

यसैगरी, गगन थापाले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी गरिरहेको पनि आरोप लगाए । केही दिनअघि मात्रै थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरुको पहुँच रहेको आरोप लगाएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले प्रमाणित गर्न चुनौती दिएका थिए ।