शीर्षकहरू

१४ सयले घट्यो सुनको भाउ

१४ सयले घट्यो सुनको भाउ

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ८८ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । हिजो आइतबार प्रतितोला सुनको मूल्य एक लाख ८९ हजार ७ सय रुपैयाँ थियो । 

२० रूपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।