जापानी भाषा परीक्षामा नेपालकाे हरिबिजाेग, दुई चरणको परीक्षामा ५६ जना मात्रै पास - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

जापानी भाषा परीक्षामा नेपालकाे हरिबिजाेग, दुई चरणको परीक्षामा ५६ जना मात्रै पास

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, २५ मंसिर २०७६
Sunrise bank
जापानी भाषा परीक्षामा नेपालकाे हरिबिजाेग, दुई चरणको परीक्षामा ५६ जना मात्रै पास
LBEF

काठमाडाैं । वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । 

गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस