काठमाडौं । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।