फुटबलमा पनि नेपाललाई स्वर्ण पदक - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

फुटबलमा पनि नेपाललाई स्वर्ण पदक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
Sunrise bank
फुटबलमा पनि नेपाललाई स्वर्ण पदक
LBEF

काठमाडौँ ।१३औं सागको पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दुई  गोल गरेसँगै नेपाली फुटबल टोलीले स्रवर्हण पदक जितेको छ । यसलाई नेपालको ऐतिहासिक जितका रुपमा हेरिएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए। खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो। 

प्रतिक्रिया दिनुहोस