काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म ९ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ११ वाणिज्य बैंकहरुल खुद नाफा बढाएका छन् ।
नाफा वृद्धि गर्नेमा नेपाल बैंक अगाडी छ । नेपाल बैंकले २०३३ प्रतिशतले नाफा वृद्धि गराएको छ । गत अवको चैत मसान्तसम्म नेपाल बैंकको खुद नाफा १३ करोड रुपैयाँ थियो । चालु आवको सोही अवधिमा सो बैंकको खुद नाफा २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ रहेको छ । ३८.६२ प्रतिशतले वृद्धि गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालु आवको चैतसम्म खुद नाफा ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा ३ अर्ब २७ कारोड रुपैयाँ थियो ।
यसैगरी, ग्लोबल आईएमई बैंकको खुद नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म सो बैंकले ३ अर्ब ३३ करोड नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब ५३ करोड पुर्याएको छ । यस्तै, एभरेष्ट बैंकको खुद नाफा ३२.५६ प्रतिशतले वृद्धि भएको छ ।
्
धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा छ । नबिलले चैत मसान्तसम्म ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।