शीर्षकहरू

नबिल बैकको ९ महिनाको नाफा ५ अर्ब ५ करोड, वितरणयोग्य २ अर्ब ८७ करोड

नबिल बैकको ९ महिनाको नाफा ५ अर्ब ५ करोड, वितरणयोग्य २ अर्ब ८७ करोड

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अर्थात ९ महिनाको अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ । तर, खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा झरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । 

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै निष्कृय कर्जा अनुपात ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ ।