६ वर्षमा कर्णाली करिडोरको काम २० प्रतिशत मात्रै - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

६ वर्षमा कर्णाली करिडोरको काम २० प्रतिशत मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
Sunrise bank
६ वर्षमा कर्णाली करिडोरको काम २० प्रतिशत मात्रै
LBEF

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम २० प्रतिशत पूरा भएको छ । १ सय ४५ कि.मी. सडक मध्ये १ सय ३४ कि.मी. सडकको ट्रयाक खोल्ने काम भएको सडक विभागले जनाएको छ । 

१४५ कि.मि सडकको हिल्सा–सिमिकोट सडक खण्ड, ९५ कि.मी. तथा  सिमिकोट सलिसल्ला सडक खण्ड, ५० कि.मि. सडकको ट्रयाक निर्माण तथा ४ वटा पुल सडक विभागले निर्माण गर्नुपर्ने छ । 

२०६९/०७० देखि आ.व. २०७९/०८० सम्ममा कार्य सम्पन्न गरिसक्नु पर्ने समयसिमा रहेको उक्त आयोजनाको लागि ४ सय १० करोड बजेट छुट्याएको छ । 

हालसम्म उक्त करिडोरको लागि ७८.४० करोड लागत लागेको छ । उक्त करिडोरको वित्तीय प्रगति १९.१२ प्रतिशत रहेको सडक विभागले जनाएको छ ।

२०७६/०७७ प्रथम चौमासिक प्रगति 
कर्णाली करिडोरको  ०७६/०७७ को चौमासिक प्रगति हेर्दा लक्ष्य भन्दा माथि गएको छ । ३ कि.मि. ट्रयाक खोल्ने,  ५ कि.मि. सडक चौडा गर्ने लक्ष्य लिएको उक्त करिडोरको काम हाल सम्म ४ कि.मि. ट्रयाक खोल्ने, १० कि.मि. सडक चौडा गर्ने काम गरेको सडक विभागले जनाएको छ । 

उक्त योजनामा ६ करोड ५२ लाख ३२ हजार रूपैँया बजेट विनियोजन भएको मध्ये हाल सम्म १्र० करोड ३२ लाख ५२ हजार रूपैँया  खर्च भएको छ । 

यस आयोजनाको वार्षिक रूपमा १५ कि.मि. ट्रयाक खोल्ने, २२ कि.मि. सडक चौडा गर्ने काम गर्नुपर्ने देखिन्छ । भने ३० करोड बजेट विनियोजन गरेको सडक विभागले जनाएको छ । 

सुरुआतको चरणमा करिडोरको काम सुस्ताए पनि पछिल्लो चौमासिक विवरण अनसार भने दु्रत गतिमा काम अगाडि बढेको छ । 

प्रतिक्रिया दिनुहोस