समस्या ग्रस्त ओरेन्टल सहकारी पीडितले पाउलान् त रकम ? - Aarthiknews
aarthiknews.com बुधबार, २७ कार्तिक २०७६   Wednesday, 13 November, 2019
 
Bajaj_Bike

समस्या ग्रस्त ओरेन्टल सहकारी पीडितले पाउलान् त रकम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
Sunrise bank
समस्या ग्रस्त ओरेन्टल सहकारी पीडितले पाउलान् त रकम ?
LBEF
NCH-IPS

ओरेन्टल सहकारीको चर्चा चलेको लामो समय भैसक्यो । अहिले भेगा सिटीको जग्गा सर्वोच्च अदालतले रोक्का गरेको छ । जग्गा लिलाम गर्न नपाए पछि ऋण  असुल्ने काम भैरहेको छ । 

ओरेन्टल सहकारीको १६ अर्ब दायित्व रहेपनि हाल सम्म १ करोड मात्र जफत भएको छ । उक्त सहकारीबाट धेरै मारमा परेका निक्षेपकर्ता पोखरा र काठमाडौंको रहेको समस्या ग्रस्त सहकारी संस्थाका सुचना अधिकारी रेवत रवण पोखरेलले बताए । 

ओरेन्टलमा बचत कर्ताले बचत गरेको रकम साढे चार अर्ब रहेको छ । ७ हजार ५ सय ४६ जनाले बचत फिर्ता लिन निवेदन दिएका छन् । भ्याली बाहिरका ऋणीहरु अत्याधिक भएका कारण सबैलाई समेट्न सकेको छैन । निवेदन दर्ता गर्ने म्याद सकिसके पनि पिडितहरु निवेदन दर्ता गर्न आइरहेका छन् । 

ओरेन्ट सहकारीको कम्प्युटरको सफ्टवयर सबै नचल्ने भएकाले पुरा विवरण लिन नसकेको सुचना अधिकारी पोखरेलले बताए । 
निवेदन दर्ता नगरी संकलन प्रक्रिया पुर्याएर राखिएको छ । जम्मा सदस्य संख्या हालसम्म खुल्न आएको छैन उक्त सहकारी २०६९ पुषबाट  बन्द भएको हो ।  । 

अर्को समस्या ग्रस्त सोसाइटी सहकारीको भने गत मंसिर पुषसम्म चलेको सहकारी हो । उक्त सहकारीको डकुमेन्टहरू सुरक्षित भएकोले २÷३ महिनामा सबै पत्ता लगाउने पोखरेलले बताए ।

गत बैशाख १५ गतेबाट निक्षेपक कर्ताहरुको दर्ता गराउने मिति समाप्त भएको छ । तत्काल दर्ता गराउने मिति थप नगराउने योजना रहेको छ । 
सोसाइटीको हकदाबी संकलन गरिसकेको र चाँडै अडिट गराउने, सञ्चालकहरुलाई बयान गराउने काम भइरहेको बताए । 
 

प्रतिक्रिया दिनुहोस