शीर्षकहरू

एएनए सम्मेलन क्यानडामा हुने, ३७ बर्ष पश्चात दोश्रो पटक क्यानडामा हुँदै

एएनए सम्मेलन क्यानडामा हुने, ३७ बर्ष पश्चात दोश्रो पटक क्यानडामा हुँदै

वासिंटन,डिसी  । यस वर्षको एएनएबाट आयोजित “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” को चिनारीबाट अगस्त २२, २३ र २४ मा क्यानडाको क्यालगरी शहरमा हुने भएको छ।

उत्तर अमेरिका स्थित विश्व कै विशाल राष्ट्र संयुक्त राज्य अमेरिकाको निकटतम छिमेकी मुलुक अर्थात् अर्को उत्तर अमेरिकी मुलुक क्यानडाको सुन्दर भौगोलिक स्थान क्यालगरी शहरमा  हुने भएको एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अन्तर्राष्ट्रिय नेपाली सम्मेलनमा सपरिवार उपस्थित भएर हरेक प्रत्येक कार्यक्रमहरुमा सहभागी हुनको लागि देश तथा विदेशमा रहेका सम्बन्धित सबैमा एएनएले सदस्यहरुलाई अध्यक्ष अधिकारीले  सार्वजनिक रुपमा विशेष अनुरोध गरेका छन्।

एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए)को  विज्ञप्ति अनुसार यस बर्ष अर्थात् सन् २०२५ को एएनए “अन्तर्राष्ट्रिय नेपाली सम्मेलन” आगामी अगस्त २२,२३ र २४ मा क्यानडाको सुन्दर शहर क्यालगरीमा हुने छ ।

अध्यक्ष अधिकारीबाट प्रेष विज्ञप्तिमा उल्लेख भए अनुसार क्यानडाको क्यालगरीमा सम्पन्न हुने यो सम्मेलन “एएनए” सम्मेलनको लागि ४२ बर्ष पछिको इतिहासमा ३७ बर्ष पश्चात दोश्रो पटक क्यानडामा “अन्तराष्ट्रिय नेपाली सम्मेलन” को चिनारी बाट सम्बोधित गर्दै सम्पन्न हुन लागेको हो भनेर समेत उल्लेख गरिएको छ।

एएनएको गत मार्च ५, २०२५ बुधवारका दिनमा बसेको कार्यसमिति, संरक्षक समिति साथै सल्लाहकार समितिको संयुक्त र पूर्ण भर्चुअल (जुम) बैठकको सर्वसम्मत निर्णयबाट सम्मेलनको स्थान, मिति तय गर्दै निर्धारित गरेको एएनएले जनाएको छ । 

आज भन्दा ४२ बर्ष अगाड़ी अर्थात् सन् १९८३ मा प्रथम बृहत राष्ट्रिय साथै छाता संस्थाको मान्यतामा आधारित भएर अमेरिकाज क्षेत्र अर्थात् संयुक्त राज्य अमेरिकाको राजधानी वासिंटन, डिसीमा स्थापित संस्था एसोसिएसन अफ नेपलिज ईन द अमेरिकाज .एएनए) ले गत मार्च ५ बुधवारका दिन आयोजना गरिएको बिशेष महत्व राख्ने भर्चुअल (जुम) माध्यमको बैठकमा नीजहरुको नाम घोषणा गरिएको हो ।

स्थापना काल देखि नै अक्सर रुपमा संयुक्त राज्य अमेरिकामा नै सम्पन्न हुँदै आएको एएनए नेपाली राष्ट्रिय सम्मेलन लगभग  चार दशकपछि यो क्रम तोड्दै क्यानडामा यस बर्षको सम्मेलन आयोजना गरिएको हो।

बैठकमा नव नियुक्त मानार्थ सम्मेलन संरक्षक संतोष राज दाहाल सम्मेलन संयोजक कमल भट्टराईबाट उनीहरुले उक्त नव नियुक्त जिम्मेबारीलाई स्वीकार गर्दै सम्मेलनको पूर्ण सफलताको लागि बिभिन्न र समावेशी सम्मेलन समितिहरुको सार्वजनिक घोषणा गरिने बताए ।

उक्त बैठकमा वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी, वर्तमान ट्रस्टी अध्यक्ष डा शम्भु ढुंगाना, पूर्व अध्यक्षहरु, संस्थाका अन्य पदाधिकारीहरु, बिशेष व्यक्तित्वहरु लगायत अन्य आमन्त्रित शुभचिन्तकहरुको समेत उपस्थिति रहेको थियो ।