काठमाडौं । मोबाइलको एडीक्सन सम्बन्धीको चलचित्र झिल्कोको टिजर सार्वजनिक गरिएको छ। झोला जस्ता चलचित्र बनाइसकेको निर्देशक यादव भट्टराईले झिल्को बनाएका हुन् । मोबाइलको लतले समाजमा पार्ने असरलाई चलचित्रको कथाबस्तु बनाइएको निर्देशक भट्टराई बनाउँछन। सोमबार सार्वजनिक टिजरमा मोबाइलको लतले बालबालिकामा पारेको असर चित्रण गरिएको छ।
टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ।
निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन्। झिल्कोमा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय देख्न छ।