शीर्षकहरू

मोबाइल प्रविधिले २०३० सम्म विश्व अर्थतन्त्रमा ८.४ प्रतिशत योगदान दिने प्रक्षेपण

मोबाइल प्रविधिले २०३० सम्म विश्व अर्थतन्त्रमा ८.४ प्रतिशत योगदान दिने प्रक्षेपण

बार्सिलोना, स्पेन । पाँचौ पुस्ता (फाइभजी) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता तथा प्रविधि आविष्कारकहरुलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वल्र्ड काँग्रेस (एमडब्लुसी) स्पेनमा सुरु भएको छ ।

ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेसन्स एसोसिएशन (जीएसएमए) द्वारा फरेरा ग्रैन वाया प्रदर्शनी केन्द्रमा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, कनेक्ट, क्रिएट’ रहेको छ, जसले मोबाइल र एआई–सञ्चालित प्रविधिहरुको फ्युजनलाई जोड दिन्छ ।

जीएसएमएका महानिर्देशक म्याट ग्रानरीडले पाइभजी विश्वव्यापी रुपमा द्रुत रुपमा अगाडि बढिरहेको छ । हालसम्म फाइभजी जडानहरु २ अर्ब डलर पुगेको उनले बताए । जसले यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो बढिरहेको मोबाइल जेनेरेशन बनाएको छ । अहिले अवरोध हटाउने र विकासको गति बढाउने बेला आएको छ ।

जीएसएमएले आफ्नो मोबाइल इकोनोमी रिपोर्ट सन् २०२५ पनि जारी गर्यो, जसले मोबाइल प्रविधि र सेवाहरुले सन् २०२५ मा विश्वव्यापी कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा ५.८ प्रतिशत योगदान गर्ने देखाएको थियो ।

त्यो संख्या सन् २०३० सम्ममा ८.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । एमडब्लुसी सन् २०२५ ले दुई हजार ८ सय भन्दा बढी प्रदर्शक र एक हजार २ सय वक्ताहरुलाई आकर्षित गरेको छ, जसमा आयोजकहरुले एक लाख भन्दा बढी उपस्थित हुने अपेक्षा गरेका छन् । 

चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, हुवावे, जेडटीई, लेनोभो र साओमीलगायत ३ सय भन्दा बढी चिनियाँ कम्पनीहरुले आफ्ना नयाँ आविष्कारहरु प्रदर्शन गरिरहेका छन् ।

सिन्ह्वा