aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

टिपरसँग स्कुटर ठोकिँदा एकान्तकुनामा दुईजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
टिपरसँग स्कुटर ठोकिँदा एकान्तकुनामा दुईजनाको मृत्यु
LBEF

काठमाडौं । रोकिराखेको टिपरमा स्कुटी ठोक्किँदा  ललितपुरको एकान्तकुनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार राति ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी  प्रतिमा केसी रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस