शीर्षकहरू

२०८२ सालमा ८६ दिन सार्वजनिक बिदा, कुन कुन दिन छ हेर्नुस् सूची

२०८२ सालमा ८६ दिन सार्वजनिक बिदा, कुन कुन दिन छ हेर्नुस् सूची

काठमाडौं । सरकारले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक विदाको विवरण सार्वजनिक गरेको छ । सरकारले २०८२ सालको बिदा र कार्यालय समयको विवरण नेपाल राजपत्रमा प्रकाशन गरेको हो ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले  आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गरेको थियो । जसअनुसार ८६ दिन सार्वजनिक बिदा परेको छ । ५२ दिन शनिबारको सार्वजनिक बिदा परेको छ । २०८२ सालमा बर्षभरमा २६ दिन पर्व बिदा, ८ दिन विभिन्न दिवस तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा रहेको छ । 

राजपत्रमा प्रकाशीत सार्वजनिक बिदाको विवरण अनुसार वैशाख १ गते नयाँ बर्ष, २९ वैशाख चण्डी पूर्णिमा, साउन २४ मा रक्षावन्धन, ३१ साउनमा श्रीकृष्ण जन्माष्टमी पर्व बिदा परेको छ । यस्तै, असोज ६ गते घटस्थापना परेको छ भने दशैं विदा असोज १३ गतेदेखि असोज १८ गतेसम्म बिदा परेको छ । 

यस्तै, तिहारको अवसरमा कार्तिक ३ गतेदेखि कार्तिक सात गतेसम्म बिदा पर्ने छ । छठ पर्व कार्तिक १०, मंसिर १८ धान्य पूर्णिमा, पुस १० क्रिसमस (इसाई धर्मावलम्बीका लागिमात्र), पुस १५ तमु ल्होसार, माघी पर्व माघ १ गते सार्वजनिक बिदा दिइएको छ । यस्तै, ५ माघ सोनामा ल्होसार, फागुन ३ गते महाशिवरात्री पर्व, ६ फागुनमा ग्लाल्पो ल्होसार, १८ फागुन फागू पूर्णिमाको अवसरमा बिदा दिइएको छ ।

बर्षभरमा ३४ दिन सार्वजनिक बिदा परेको छ । जसमा मजदुर दिवसका अवसरमा वैशाख १८, गणतन्त्र दिवस १५ जेठ, संविधान दिवस ३ असोज, माघ १६ शहीद दिवस, प्रजातन्त्र दिवस फागुन ७, महिला दिवस फागुन २४ मा सार्वजनिक विदा हुनेछ  । यस्तै, २९ वैशाख बुद्ध जयन्ती, २७ पुस पृथ्वी जयन्तीमा समेत सबैले सार्वजनिक बिदा पाउनेछन् । 

देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

हेर्नुस् २०८२ सालको विदाको विवरण :