शीर्षकहरू

फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाडौं ।  नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने आयोजकले जनाउको छ ।  निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने प्रदर्शनी  र स्टलहरु रहने छन् ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गर्ने प्रदर्शनी निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधि प्रमुख आकर्शणमा हुने आयोजकले दावी गरेको  छ ।