शीर्षकहरू

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७०  रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।