काठमाडौं । विनोद चौधरी नेतृत्वको चौधरी समूहले काठमाडौं उपत्यकामा रहेको वाईवाई चाउचाउको कारखाना बन्द भएको छ । सीजी फुड्स प्रालिले भैंसेपाटीस्थित वाईवाई चाउचाउ उत्पादन गर्ने पूरानो कारखाना बन्द भएको जनाएको हो ।
गुणस्तरमा समस्या देखिएसँगै काठमाडौं महानगरपालिकाले गत बर्ष जरिवाना गरेपछि वाईवाईको बिक्रीमा भारी गिरावट आएको थियो । ठूलो उपभोक्ताको बसोबास रहेको काठमाडौं उपत्यकाबाट आफ्नो कारखाना बन्द गर्न चौधरी बाध्य भएको विज्ञप्तिमा जनाएको छ ।
सन् १९८४ मा पहिलो पटक चौधरी समूहले भैंसेपाटीमा वाईवाईको कारखाना स्थापना गरी उत्पादन थालेको थियो । तर, नेपालकै आन्तरिक बजारमा वाईवाईको ‘ब्राण्ड इमेज’ खस्किँदै गएको देखिन्छ ।
चौधरी समूहले भने पछिल्लो समय भैंसेपाटी आवासीय क्षेत्रको रुपमा विकास हुँदै जाँदा यसको प्रत्यक्ष प्रभाव वाइवाइमा परेको तर्क गरेको छ ।