काठमाडौं । प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीमा विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको जनाइएको छ ।
हाल कम्पनीले विद्यमान संस्थापकहरुका लागि बिक्री खुलाएको हो । खरिद गर्न चाहनेले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुनेमा आवेदन दिनु पर्नेछ ।
यदि सो शेयरमा ३५ दिनसम्म पनि आवेदन नपरेमा संस्थापक बाहेकका व्यक्ति, कम्पनी र संस्थालाई बिक्री खुलाउने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले कति कित्ता शेयर बिक्री गर्न लागेको भनेर स्पष्ट खुलाएको छैन ।