शीर्षकहरू

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न ११ जनाले दिए आवेदन

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न ११ जनाले दिए आवेदन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक (ईडी) का लागि १२ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २४ गते ईडीका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १२ जनाले आवेदन दिएका हुन् । 

मन्त्रालयका अनुसार आवेदन दिनेहरूमा गंगा प्रसाद जोशी, डा. शक्ति बस्नेत, राम प्रताप यादव, डा. सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भु प्रसाद ज्ञवाली, कमल पन्थी, डा. कृष्ण प्रसाद अधिकारी, होमनाथ न्यौपान, डा.प्रमोद कुमार यादव र डा. रघुराज काफ्ले रहेका छन् । 

ईडीको पद रिक्त भएको ३ महिनापछि मन्त्रालयले पदपूर्ति गर्न लागेको हो । निवर्तमान ईडी डा. दामोदर बसौलाको गत कार्तिक २५ गते पदावधि सक्किएको थियो । त्यससँगै बोर्डको व्यवस्थापन नेतृत्वविहीन बनेको थियो ।

 null