काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । आइतबार बसेको नेपाल सरकार समक्ष नाम सिफारिस समितिको बैठकले ५ जनाको नाम सर्टलिष्टमा राखेको छ ।
सर्टलिष्टमा पर्नेहरुमा कमल प्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र सरद ओझा रहेका छन् ।
रेग्मी प्राधिकरणकै निर्देशक हुन भने चापागाई प्राधिकरणका पूर्व अध्यक्ष हुन् । त्यसैगरी, बसौला नेपाल स्वास्थ्य बीमा बोर्डका निवर्तमान कार्यकारी निर्देशक हुन् भने पुडासैनी पूर्व सचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । ओझा पूर्व पत्रकार हुन् ।
उनीहरुको अन्तर्वार्ता १० गते रहेको छ । प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।