शीर्षकहरू

नेप्सेमा २ करोड २२ लाख कित्ता शेयर सूचीकृत

नेप्सेमा २ करोड २२ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । आइतबार दुई वटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको १ करोड ९८ लाख ७० हजार ८२३ कित्ता र लघुवित्तको २३ लाख ८१ हजार ७३७ कित्ता गरी कुल २ करोड २२ लाख ५२ हजार ५६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

बैंकले कुल चुक्ता पूँजीको ५.५० प्रतिशत र लघुवित्तले ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।