शीर्षकहरू

वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ७९.३५ प्रतिशत, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ७९.३५ प्रतिशत, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्म वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत रहेको छ । नेपाल बैंकर्स संघका अनुसार चालु आवको ७ महिनाको अन्तसम्मका वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ७९.३५ प्रतिशत पुगेको हो । 

जसमध्ये सबैभन्दा धेरै सीडी रेसियो प्राइम कमर्सियल बैंकको रहेको छ । सो बैंकले माघ मसान्तसम्ममा २ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ८५.७७ प्रतिशत कायम रहेको छ ।

यसैगरी, २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको सिद्धार्थ बैंकको सीडी रेसियो ८५.०२ प्रतिशत रहेको छ । 
 

सिटिजन्स बैंकको सीडी रेसियो ८४.०१ प्रतिशत रहेको छ । सो बैंकले माघ मसान्तसम्म २ खर्ब ९८ करोड रुपैयाँ निक्षेप संकल गरेर १ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी, एनएमबी बैंकको सीडी रेसियो ८३.६२ प्रतिशत हुँदा माछापुच्छ्रे बैंकको ८३.६०, एभरेष्ट बैंकको ८३.५१ र एनआईसी एशिया बैंकको ८३.०७ प्रतिशत रहेको छ । 

एनएमबीले २ खर्ब ६१ अर्ब ३ करोड निक्षेप संकल गरेर २ खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने माछापुच्छ्रेले १ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन र १ अर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एभरेष्टले २ खर्ब ६१ अर्ब १ करोड निक्षेप संकलन तथा २ खर्ब २० अर्ब ८२ करोड कर्जा प्रवाह गर्दा एनआईसी एशियाले ३ खर्ब २ अर्ब ३२ करोड निक्षेप संकलन गरेर २ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

त्यसैगरी, हिमालयन बैंकको सीडी रेसियो ८२.७० प्रतिशत, नबिल बैंकको ८२.४४, कुमारी बैंकको ८१.८०, सानिमा बैंकको ८०.९२, लक्ष्मी सनराईज बैंकको ८०.८०, ग्लोबल आइएमई बैंकको ७८.७७, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६, प्रभु बैंकको ७५.८४, नेपाल एसबीआई बैंकको ७५.४९ र कृषि विकास बैंकको ७५.४३ प्रतिशत सीडी रेसियो रहेको छ । 

यस्तै, नेपाल बैंकको सीडी रेसियो ७३.६९ प्रतिशत कायम हुँदा स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको ६८.९७ र राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.९६ प्रतिशत रहेको छ । 

कुन बैंकको सीडी रेसियो कति ? 

null