काठमाडौं । कुमारी बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त कित्ता शेयर सर्वसाधारणका लागि बैंकले बिक्रीमा राखेको हो ।
यस अघि उक्त शेयर विद्यमान संस्थापकका लागि बिक्रीमा राखेको थियो । संस्थापकहरुले खरिद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
शेयर खरिद गर्न चाहनेले ३५ दिन भित्र आवेदन दिनुपर्ने हुन्छ । कुमारी क्यापिटलको प्रधान कार्यालय, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ ।