काठमाडौं । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन भएको छ । एक्स्पोमा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको विकासको लागि एक्स्पोको आयोजना गरिएको हो ।