काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले १६ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ ।
जहाँ २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो।
कम्पनीकाे शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ।