काठमाडौं । आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन प्रतितोला १ लाख ७० हजार हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४५ हजार ९ सय २० रुपैयाँ तोकिएको छ भने १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८९ रुपैयाँ तोकिएको छ।