काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । आज शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले २५ जना कर्मचारीका लागि आवेदन माग गरेको जनाएको छ ।
प्राधिकरणले प्राविधिक तर्फ वरिष्ठ अधिकृतको दरखास्त माग गरेको छ । करार सेवाका लागि आवेदन खुलाएको सूचनामा उल्लेख छ । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि (आई.टी.) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानबाट कम्तीमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेस तालीम प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।
फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ । लिखित परीक्षा फागुन २३ गते हुनेछ । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तर्वार्ता फागुन २५ र २६ गते हुनेछ । प्राधिकरणको कार्यालय बबरमहलमा परीक्षा हुने जनाइएको छ ।
आवेदन शुल्क १ हजार २ सय रुपैयाँ रहेको छ । अनलाइनबाट नै आवेदन दिन सकिने छ ।
प्राधिकरण अन्तर्गत उपत्यका बाहिरका विमानस्थल कार्यालयहरुका लागि कर्मचारी माग गरिएको जनाइएको छ ।