काठमाडौं । नेपाल बीमा प्राधिकरणले कर्मचारीका लागि १९ करोड १९ लाख रुपैयाँ बढी खर्च गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार कर्मचारी शीर्षकमा १९ करोड १९ लाख २० हजार रुपैयाँ खर्च भएको छ ।
जुन अघिल्लो आव २०७९/०८० को तुलनामा १८.६४ प्रतिशत बढी हो । अघिल्लो आवमा यस शीर्षकमा १६ करोड १७ लाख ४ हजार रुपैयाँ खर्च भएको थियो ।
प्राधिकरणको व्यवस्थापन खर्च भने घटेको छ । अघिल्लो आवमा १८ करोड ३६ लाख २८ हजार रुपैयाँ व्यवस्थापन शीर्षकमा खर्च गरेको प्राधिकरणले गत आवमा भने १६ करोड २४ लाख ९२ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।
समग्रमा प्राधिकरणको जम्मा खर्च ३७ करोड ८३ लाख रुपैयाँ भएको छ । प्राधिकरणले २ अर्ब २४ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । जसमध्ये १ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ खुद बचत भएको छ ।
अघिल्लो आवमा प्राधिकरणको खुद बचत १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ थियो ।